कठमाडौं – अभिनेता, गायक, संगीतकार तथा निर्देशक प्रकाश सपुतले आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वसन्त’ को फर्स्ट लूक पोस्टर सार्वजनिक गर्दै आइतवार राति एउटा लामो स्टाटस लेखे ।
कलाकार सपूतले दर्शकलाई आफ्नो फिल्म हेर्न जान आग्रह गर्दै ‘वसन्त’ मा जोडिँदा आफूले पाएका र गुमाएका कुराहरुका साथमा केहि मन छुने कुरा, अतितका केहि तीता–मीठा पलहरुलाई समावेश गरेका छन् ।
उनको उक्त स्टाटस पढ्दा लाग्छ, यो स्टाटस नभएर उनको जीवनको गोरेटो हो । उनले ‘वसन्त’ मा आफ्नो सम्पूर्ण सामर्थ्य नै खन्याएर आफू रित्तो भएकोसमेत बताएका छन् ।
‘वसन्त’ मा जुन किसिमको मेहनत ...
‘पूर्ण वहादुरको सारंगी’ लक्षित सपुतको आरोप– ‘मेरो इमान खोसिएको छ’


