(सांकेतिक तस्बिर)
काठमाडौं– चलचित्र विकास बोर्डले सिनेमा हलहरूलाई लाइसेन्स (ईजाजत पत्र) नवीकरण (रिन्यू) गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
बिहीवार एक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका सिनेमा हलहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
सूचनामा भनिएको छ – ‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र ...
३५ दिनभित्र लाइसेन्स रिन्यू नगर्ने सिनेमा हललाई कारवाही गरिने


