लाखौं करोडौं खर्च गरेपछि हात परेको परिचय

KalakarmiKalakarmiSourceDec 30, 20241 min read
लाखौं करोडौं खर्च गरेपछि हात परेको परिचय
काठमाडौ– पछिल्लो केही दिनदेखि नेपाली फिल्म क्षेत्रमा पञ्चमी घिमिरे चर्चाको विषय बनेकी छिन् । अहिलेसम्म सामान्य युवती अथवा निर्देशक तुलसी घिमिरेकी कान्छी सुपुत्रीको रुपमा मात्र परिचित पञ्चमीको चर्चा एकाएक चुलिनुको कारण उनले गरेको पछिल्लो निर्णय हो । हो, उनले पनि बुवाले अंगालेको करियरमा आफ्नो करियर बनाउने निर्णय गरेकी छिन् । पञ्चमी अब छिट्टै फिल्ममा देखिने भएकी छिन्, त्यो पनि अभिनेत्रीको रुपमा । त्यसका लागि उनले आफ्नै बुवा वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘पहाड’ लाई रोजेकी छिन् । ‘दर्पण छायाँ–२’ पछि निर्देशक घिमिरेले लामो समयको अन्तरालपछि आफ्नो महत्वाकांक्षी ...