चलचित्र पत्रकार संघ नेपालद्वारा १३ बुँदे चितवन घोषणा–पत्र जारी

KalakarmiKalakarmiSourceDec 29, 20241 min read
चलचित्र पत्रकार संघ नेपालद्वारा १३ बुँदे चितवन घोषणा–पत्र जारी
चितवन– चलचित्र पत्रकार संघ नेपालको चितवनमा सम्पन्न पाँचौ पूर्ण बैठकले १३ बुँदे चितवन घोषणा–पत्र जारी गरेको छ । घोषणा पत्रमा चलचित्र पत्रकार तथा चलचित्र पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउनेसहितका विषयहरु समेटिएका छन् । चलचित्र पत्रकार संघ नेपालले चितवनमा सल्लाहकार समिति, पूर्व अध्यक्षहरू, सबै विभाग तथा जिल्ला अध्यक्षहरूसहितको तीन दिने पूर्ण बैठक सञ्चालन गरेको थियो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले आवश्यक रहेका विभिन्न विभागहरूको गठन गर्ने तथा विभागहरूमा सबैलाई समेटेर लैजाने र सबैको सरसल्लाहबाट विभिन्न प्रस्तावहरुलाई सामूहिकतामा निर्णय गर्दै चलचित्र पत्रकार संघलाई अझ अगाडि बढाउने ढंगले यो अभियानको थालनी ...