राष्ट्रियसभा सदस्यको उम्मेदवारमा वरिष्ठ चलचित्रकर्मी नीर शाह सिफारिस

KalakarmiKalakarmiSourceDec 27, 20231 min read
राष्ट्रियसभा सदस्यको उम्मेदवारमा वरिष्ठ चलचित्रकर्मी नीर शाह सिफारिस
काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश समितिले वरिष्ठ चलचित्रकर्मी नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा सिफारिस गरेको छ । नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि कलाकार, गीतकार, निर्माता तथा निर्देशकको रुपमा सक्रिय शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा सिफारिस गरिएको हो । प्रदेशसभामा उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकामा बागमती प्रदेश समितिले शाहको नामसमेत समावेश गरी ९१ जनाको नाम पठाएको हो । पार्टीको केन्द्रीय समितिले प्रदेशलाई बुधबारसम्ममा नामावली सिफारिस गर्न निर्देशन दिएको थियो । सोही बमोजिम प्राप्त भएका नामहरु बुझाइएको बताइन्छ । राष्ट्रियसभा अध्यक्षसहित रिक्त हुन लागेका २० सिटका लागि ...