फागुन २३ मा ‘होस्टेल-३’

eHimalaya TimeseHimalaya TimesSourceDec 27, 20241 min read
फागुन २३ मा ‘होस्टेल-३’
काठमाडौं । चलचित्र ‘होस्टेल-३’ आगामी फागुन २३ गतेदेखि सिनेमाघरमा आउने भएको छ । चलचित्रको निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति तय गरेको हो । यो मितिमा नेपालसहित अन्य विभिन्न देशमा पनि चलचित्र प्रदर्शनमा आउने निर्देशक सुशान कँडेलले जानकारी दिनुभयो । निर्देशक कँडेलकै कथा रहेको यो चलचित्रको स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो ।