‘खजुरे ब्रो’ को कथा सुनेर दंग परे धरानका मेयर हर्क साम्पाङ

KalakarmiKalakarmiSourceDec 27, 20231 min read
‘खजुरे ब्रो’ को कथा सुनेर दंग परे धरानका मेयर हर्क साम्पाङ
काठमाडौं– निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को अहिले धरानमा प्री–प्रोडक्सनको कार्य धमाधम भई रहेको छ । दिव्य दृष्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको यूनिट धरानमा लोकेसन हन्टिङमा पनि व्यस्त छ । कमेडी जनरामा बन्ने यो फिल्मको लेखन पनि निर्देशक सुनुवारकै रहेको छ । सुनुवारले ८ वर्षअघि फिल्म ‘षडङ्ग’ निर्देशन गरेका थिए । नबीन मानन्धर तथा सुरज सुनुवारले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने यो फिल्म माघ महिनाको पहिलो सातादेखि फ्लोरमा जानेछ । फिल्ममा काम गर्ने कलाकारहरुको बारेमा ...