काठमाडौं- बुधबारदेखि प्रदर्शन हुन लागेको आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश नेपाल आएका छन् ।
क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् ।
भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङ लगायतका फिल्ममा काम गरेका अभिनेता ह्यारीले काठमाडौँ विमानस्थलमा ओर्लिए लगत्तै उनले आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने भन्दै नेपालीमा समेत तारिफ गरेका छन् ।
थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ...
‘देववाणी’ को प्रचारका लागि काठमाडौं आइपुगे बलिउड अभिनेता ह्यारी जोश


