‘छक्का पञ्जा–५’ को सहयोगमा दाप्चामा खानेपानीको सुविधा

KalakarmiKalakarmiSourceDec 24, 20241 min read
‘छक्का पञ्जा–५’ को सहयोगमा दाप्चामा खानेपानीको सुविधा
काठमाडौं– व्यवसायिक रुपमा सफल भएको दीपकराज–दीपाश्री समुहको फिल्म ‘छक्का पञ्जा–५’ ले समाजसेवामा पनि हात हालेको छ । गत दशैँमा प्रदर्शन भएर व्यसायिक रुपमा सफल भैसकेको यो फिल्मले गत असोज १२ गतेको बाढीका कारण प्रभावित भएको काभ्रे जिल्लाको दाप्चामा खानेपानी आपूर्तिको सहजताका लागि भौतिक सामग्री सहयोग गरेको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी तथा कार्यकारी निर्माता निर्मल शर्माले दाप्चामा खानेपानी आपूर्तिका लागि धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरेका हुन् । ती सामग्रीहरु प्राप्त भएपछि अब उक्त क्षेत्रमा दुई सातामा धारा बनिसक्ने भएको छ । उक्त धारा जडान भएपछि त्यसको शुभारम्भ गर्न ...