काठमाडौं– सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार विक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । निर्माण पक्षले के–कति रकममा विक्री गरेको हो भन्ने कुराको जानकारी दिएको छैन । यो फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ ।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबु–छोरीको कथा देखाउने छ ।
फिल्म ‘रंगी’ सलोनको डेब्यू ...
‘रंगी’ को जापान अधिकारी सोल्ड आउट


