पार्श्व गायनमा फर्किए हरिवंश

KalakarmiKalakarmiSourceDec 23, 20241 min read
पार्श्व गायनमा फर्किए हरिवंश
(निर्देशक अर्जुन सुवेदी तथा संगीतकार हर्कुलस बस्नेतको बीचमा गायक हरिवंश आचार्य ।) काठमाडौं– लोकप्रिय हास्य अभिनेता हरिवंश आचार्य गायकको रुपमा समेत स्थापित नाम हो । उनले गाएका थुप्रै गीतहरु लोकप्रिय छन् । उनी प्रायः सन्देशमूलक गीतहरुमा बढी सुनिन्छन् । त्यसो त उनले केही नेपाली फिल्मका लागि पनि पाश्र्व गायन गरिसकेका छन् । यद्यपि, उनले फिल्ममा गीत नगाएको झण्डै आठ वर्ष भैसकेको छ । यसैबीच, आठ वर्षको अन्तरालमा हरिवंशले फिल्मको पाश्र्व गायनमा पुनरामन गरेका छन् । ‘रङ्गेली’ फेम्ड निर्देशक अर्जुन सुवेदीको नयाँ फिल्म ‘सोल्टिनी’ को एउटा गीत हरिवंशकै स्वरमा रेकर्ड भएको छ ...