‘देव बाणी’ को प्रचार गर्न भारतबाट आएका अभिनेता भारद्वज भन्छन्– ‘नेपाल एकदमै मनपर्छ’

KalakarmiKalakarmiSourceDec 23, 20241 min read
‘देव बाणी’ को प्रचार गर्न भारतबाट आएका अभिनेता भारद्वज भन्छन्– ‘नेपाल एकदमै मनपर्छ’
काठमाडौं– निर्देशक बाबु साहेव बलामीद्वारा निर्देशित फिल्म ‘देव बाणी’ को टिम प्रचार–प्रसारमा होमिएको छ । फिल्मको प्रचारका लागि केही दिनका लागि नेपाल आएका अभिनेता कुन्दन भारद्वजलाई समेत निर्माण यूनिटले प्रचारमा व्यस्त बनाएको हो । पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्वजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन् । उनले भने– ‘म नेपालीको मायाका लागि नेपाली फिल्म गर्दैछु ।’ कुराकानीको क्रममा अभिनेता भारद्वजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताएका छन् । अभिनेता भारद्वजले फिल्म प्रचारबाहेक काठमाडौं र आसपासका ठाउँमा भ्रमण गर्ने समय समेत निकाल्ने बताएका ...