काठमाडौं- यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।
हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ ।
फिल्ममा विकास सुवेदीको लेखन रहनेछ ।
दिनेशले फिल्म ‘पुजार सार्की’ को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।
यसैबीच, यो फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरुको टिमअप पक्का भएको छ । फिल्ममा नायकद्वय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् ...
‘गाउँ नै रमाइलो’ मा दयाहाङ र आर्यन फाइनल, दशैंमा रिलिज


