काठमाडौं- असोज ३ गते पोष्टपोन्ड भएको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब फागू पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेदेखि नेपालभर रिलिज हुने पक्का भएको हो ।
विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्ठको लुक्स गज्जब छ । हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ । यसले पनि फिल्म कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ ।
फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ । ...
फागू पूर्णिमाको दिनदेखि सुशिलको ‘आउटलः दफा २१९’


