‘देव वाणी’ को सफलताको कामना गर्दै काल भैरवमा पूजा

KalakarmiKalakarmiSourceDec 19, 20241 min read
‘देव वाणी’ को सफलताको कामना गर्दै काल भैरवमा पूजा
काठमाडौं- प्रतिक्षित फिल्म ‘देव वाणी’ यही पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको छ । फिल्म रिलिज मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दिरमा पूजा गरेको छ । निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापालीलगायतको उपस्थितिमा गरिएको पूजामा काल भैरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्ज्वलन गरिएको छ। पूजापछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। प्रचारको लागि फिल्मका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए । नायिका लेप्चाले ...