कर नतिर्ने सिनेमा हलहरुका लागि कडा बन्दै बोर्ड अध्यक्ष डिसी

KalakarmiKalakarmiSourceDec 8, 20241 min read
कर नतिर्ने सिनेमा हलहरुका लागि कडा बन्दै बोर्ड अध्यक्ष डिसी
काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर नतिर्ने सिनेमा हलहरुलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा अध्यक्ष डिसीले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हलमध्ये प्रमुख छ वटा हलहरुमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरु करको दायरा र नियममा आएको बताए । ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो । वैशाख १ गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा २१ वटा सिनेमा हलहरुलाई कानुनको दायरामा ल्याउने प्रयास ...