काठमाडौं– गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो कथा, निर्देशन तथा लगानीमा निर्माण गर्ने फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ का लागि कलाकार रविन्द्र झालाई अनुवन्ध गरेका छन् । यो फिल्म संगीतकार बुढाथोकीकै लोकप्रिय गीतको बोलमा आधारित छ ।
संगीतकर्मी बुढाथोकीले बुधवार साँझ सामाजिक सञ्जालमार्फत यो फिल्ममा कलाकार रविन्द्र झालाई अनुवन्ध गरिएको जानकारी गराएका हन् । शिवम अधिकारी यो फिल्मका लेखक हुन् ।
गत असोज १३ गते चलचित्र विकास बोर्डमा फिल्मको शीर्षक दर्ता गरिएको यो फिल्ममा मा लक्ष्मी गिरि कार्यकारी निर्माता रहने छिन् भने बिनय अधिकारी ...
टंक बुढाथोकीको फिल्ममा रविन्द्र झा अनुवन्ध


