एञ्जिलालाई ‘अञ्जिला’ फिल्मको बिदाइ, युरोपियन लिगमा नेपाली महिला गोलरक्षकले खेल्न पाउनु ठूलो उपलब्धि

KalakarmiKalakarmiSourceDec 4, 20241 min read
एञ्जिलालाई ‘अञ्जिला’ फिल्मको बिदाइ,  युरोपियन लिगमा नेपाली महिला गोलरक्षकले खेल्न पाउनु ठूलो उपलब्धि
काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘अञ्जिला’ की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि बुधवार फिल्मको टीमले विदाइ गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४–२५ सीजनका लागि अनुवन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरिएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट ...