दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन

eHimalaya TimeseHimalaya TimesSourceDec 3, 20241 min read
दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन
सोल । दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ । ३२ वर्षीय अभिनेताको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताइएको छ । कोरियाली सञ्चारमाध्यमका अनुसार उहाँ चीनमा बिदा मनाउन जानुभएको थियो । त्यहीँ उहाँको मृत्यु भएको बताइएको छ । मृत्युको खबर अभिनेताको परिवार र उहाँको एजेन्सीले सामाजिक सञ्जालमा एउटा पोष्टमार्फत दिएका हुन् ।