काठमाडौं- पुस १० गतेपुस छायांकनमा जान लागेको फिल्म ‘कल्ली’ मा कलाकारहरुको लाइनअप बलियो बनिरहेको छ । एकपछि अर्को पावरफूल कलाकारहरु भित्रिएपछि लाइनअप बलियो बनेको हो ।
फिल्ममा नाजिर हुसेन र वर्षा राउतको प्रवेश भएको छ । फिल्मका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग कागजी रुपमा संझौता गरेको पुष्टि गरे । यी दुबै कलाकारहरुको भूमिका के हो भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।
फिल्ममा फिल्ममा नायक सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणी नेपाल र नायिका बेनिशा हमाल फाइनल भइसकेका छन् । केही साता अगाडि मात्र कलाकार उत्तम प्रधानलाई पनि फिल्ममा भित्राइएको थियो ...
‘कल्ली’ मा भित्रिए वर्षा र नाजिर


