काठमाडौं– व्यवसायिक रुपमा ‘पुजार सार्की’ निर्देशन गरेका निर्देशक दिनेश राउतले आठौँ फिल्मको रूपमा ‘महाभोज’ को घोषणा गरेका छन् । नेपाली फिल्म क्षेत्रमा क्षमतावान निर्देशकको रुपमा परिचित निर्देशक राउतले सोमवार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी फिल्म घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् ।
यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुप विक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहने छ ।
यसअघि नाङ्गो गाउँ, दुखी आत्माजस्ता फिल्महरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो फिल्म बनाउने छन् ।
फिल्मको निर्माणमा कडरियाको ...
‘महाभोज’ को निर्देशन गर्दै दिनेश राउत


