काठमाडौं- सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्म ‘रंगी’ छायांकन पूरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन २६ दिनमा पूरा भएको हो ।
सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । ३० दिनको समय तालिका लिएर छायांकनमा गएको फिल्म निर्धारित मितिभन्दा चार दिनअघि नै इन्डक्ल्याप भएको हो ।
निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।
सक्षम ...
निर्धारित मिति भन्दा चार दिनअघि नै ‘रंगी’ को इण्ड-क्ल्याप


