‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी, वौद्धिक सम्पत्ति चोरीको आरोप

KalakarmiKalakarmiSourceNov 26, 20241 min read
‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी, वौद्धिक सम्पत्ति चोरीको आरोप
काठमाडौं– सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी परेको छ । यो फिल्मविरुद्ध वौद्धिक सम्पत्ति चोरीको आरोप लगाइएको छ । कलाकार तथा लेखक अजित लामिछानेले यो फिल्मविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । उनले आफ्नो फिल्म ‘लाज’ को कथावस्तु ‘पूर्ण बहादुरको सारङ्गी’ का कथाकार तथा निर्देशकले हुबहू नक्कल गरेको आरोप लगाएका छन् । लामिछानेद्वारा दर्ता गरिएको उजुरीमा उक्त फिल्मले ‘लाज’ को कथासार तथा केही प्लटमा तोडमोड गरी नियतवश चोरी गरिएको उल्लेख छ । ‘दुई वर्ष पहिले मैले ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज ...