काठमाडौं- अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ ।
टिजर सार्वजनिक गर्दै यस फिल्मको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो फिल्म नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।
टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ ।
बम बहादुर एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली फिल्म हो, जसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड ...
‘बम बहादुर’को टिजर सार्वजनिक


