दयाहाङ राई बने विराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर

KalakarmiKalakarmiSourceNov 17, 20241 min read
दयाहाङ राई बने विराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर
काठमाडौं– विराटनगर किङ्सले लोकप्रिय अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आवद्ध हुँदै अभिनेता राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘विराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । विराटनगर किङ्ग्सले यो अवसर दिएकोमा धेरै–धेरै धन्यवाद । यो टीमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । ...