सफल रह्यो महिला फिल्म मेकरको ‘सिनेमाटोग्राफी वर्कशप’

KalakarmiKalakarmiSourceNov 17, 20241 min read
सफल रह्यो महिला फिल्म मेकरको ‘सिनेमाटोग्राफी वर्कशप’
काठमाडौं– नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) ले यही कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा महिला फिल्म निर्माताहरूका लागि आयोजना गरेको सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशालाका लागि १३० जना इच्छुक फिल्म मेकरहरूबाट आवेदन प्राप्त भएको आयोजक संस्थाले जनाएको छ । फिल्म निर्माण सम्बन्धि प्राथमिक ज्ञान तथा कार्यशालाबाट लाभ उठाउने सम्भावनालाई आधार बनाएर गरिएको छनौट प्रक्रियापछि १२ जनालाई कार्यशालामा सहभागी गराइएको थियो । प्रशिक्षार्थीहरूलाई शिशिर बिसंखे, अमर महार्जन तथा भारतबाट आएका बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य तथा मुनमुन ...