काठमाडौं– हिजो कार्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित फिल्म ‘ह्रस्व–दीर्घ’ ले शुक्रवारको सुखद ओपनिङपछि दोस्रो शनिवार देशैभरी आक्रामक व्यवसाय गरिरहेको छ । काठमाडौं भित्र तथा बाहिरका सिनेमा हलमा बिहानदेखि कै शोहरु हाउसफूल भैरहेको फिल्मका निर्माताहरुले दावी गरेका छन् भने विभिन्न शहरका सिनेमा हलमा गएर फिल्म हेरेका दर्शकले सामाजिक सञ्जालमा पोस्ट गरेका सामग्रीहरुमा समेत फिल्मले उत्साहजनक व्यवसाय गरिरहेको देखिएको छ ।
यसअघि शुक्रवार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रेस शोमा सहभागि अधिकांश सञ्चारकर्मीहरुले फिल्मको छायांकन पक्ष अब्बल रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले अभिनेता अधिकारी तथा अभिनेत्री ढुंगानाको अभिनयको समेत ...
‘ह्रस्व–दीर्घ’ को बम्पर ओपनिङ !


