इतिहास रच्न सफल फिल्म बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’

KalakarmiKalakarmiSourceNov 13, 20241 min read
इतिहास रच्न सफल फिल्म बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’
काठमाडौं– तिहारको लक्ष्मी पूजाको दिन अर्थात कार्तिक १५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालको फिल्म क्षेत्रमा इतिहास रचेको छ । सर्वाधिक व्यवसाय गर्ने फिल्मको रुपमा यसले इतिहास रचेको हो । प्रर्दशन भएको १३ दिनमा नै यो फिल्मले देशव्यापी २५ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ । यो फिल्मले हालसम्मको सर्वाधिक आम्दानी गर्ने फिल्मको रुपमा रहेको ‘कबड्डी’ आम्दानीलाई सबैभन्दा बढी ग्रस कलेक्शन गर्न सफल भएको हो । यसअघि कबड्डी–४ को कलेक्सन २३ करोड ५० लाख रुपैयाँ कमाएको थियो भने अहिले पूर्ण बहादुरको सारंगीले २५ करोड ४ ...