आफ्नो फिल्ममा काम गर्न अमेरिका गएकाहरुको लिस्ट देखाउँदै ऋचा भन्छिन्– ‘यो फिल्म चलाउनका लागि गरिएको पब्लिसिटि स्टन्ट होइन’

KalakarmiKalakarmiSourceNov 13, 20241 min read
आफ्नो फिल्ममा काम गर्न अमेरिका गएकाहरुको लिस्ट देखाउँदै ऋचा भन्छिन्– ‘यो फिल्म चलाउनका लागि गरिएको पब्लिसिटि स्टन्ट होइन’
काठमाडौं– लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका निर्देशक शंकर घिमिरे तथा अभिनेत्री ऋचा घिमिरेको बहुप्रतिक्षित फिल्म ‘तेल भिसा’ यही मंसिर ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शन हुन करिव एक साताको समय बाँकी हुँदा घिमिरे दम्पत्तिविरुद्ध उजुरी दर्ता भएको हल्लाले अहिले उनीहरु नै आश्चर्यमा परेका छन् । अभिनेत्री तथा निर्माता ऋचा घिमिरेले बुधवार साँझ कलाकर्मीसंगको कुराकानीको क्रममा भनिन् – ‘हामीविरुद्ध त मुद्दा दर्ता मात्र होइन, फिल्म चलाउनका लागि फण्डा गरेको भन्नेसमेत आरोप पो लागेको छ त । फिल्म चलाउनका लागि पब्लिसिटि स्टन्ट गरेको समेत हल्ला चलेकोले साह्रै दुःख लागेको छ ...