‘आमा नै भगवान हुन्….’, ‘ह्रस्व–दीर्घ’ को मर्मस्पशी गीतमा विपनाको मन छुने अभिनय (भिडियो)

KalakarmiKalakarmiSourceNov 12, 20241 min read
‘आमा नै भगवान हुन्….’, ‘ह्रस्व–दीर्घ’ को मर्मस्पशी गीतमा विपनाको मन छुने अभिनय (भिडियो)
काठमाडौं– यही कार्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आउने अभिनेत्री नीता ढुंगानाद्वारा निर्मित फिल्म ‘ह्रस्व–दीर्घ’ को एउटा नयाँ मर्मस्पर्शी गीत ‘आमा नै भगवान हुन्…’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल यूट्यूब च्यानलबाट मंगलवार साँझ सार्वजनिक यो गीतमा लोकप्रिय सत्यराज आचार्यको स्वर सुन्न सकिन्छ । बाबुल गिरी यो गीतका गीतकार, संगीतकार तथा एरेञ्जर हुन् । उनले नै यो गीतलाई मिक्सिङ गरेका छन् । यो गीतमा बाल गायक–गायिकाहरु स्वर्णीम कठायत, आयूष गिरी तथा ओजस्वी बजगाईंको पनि स्वर समावेश छ । लिरिकल शैलीको यो गीतमा अभिनेत्री विपना थापाले मन छुने अभिनय गरेकी छिन् । ...