रविलाई भेट्न पुगेका अभिनेता दीपकराजको जिज्ञासा– ‘बाहिर राखेर अनुसन्धान हुन्छ कि ?’

KalakarmiKalakarmiSourceNov 10, 20241 min read
रविलाई भेट्न पुगेका अभिनेता दीपकराजको जिज्ञासा– ‘बाहिर राखेर अनुसन्धान हुन्छ कि ?’
पोखरा– अभिनेता दीपकराज गिरी तथा कलाकार निर्मल शर्मा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भेट्न पोखरा पुगेका छन् । २२ दिनदेखि प्रहरी हिरासतमा रहेको लामिछानेलाई भेटेपछि दीपकराजले लामिछानेलाई प्रहरी हिरासतबाट बाहिर राखेर नै अनुसन्धान गर्न सकिन्छ की ? भन्ने आफ्नो जिज्ञासा प्रकट गरेका छन् । यसका साथै दीपकराजले राजनीति प्रतिशोध नहोस्, प्रतिशोधकै कारण रविलाई पक्राउ गरिएको हो भने भोलिका दिनमा यस्ता कुराले द्वन्द नै निम्त्याउन सक्छ भन्ने कुरा पनि राखेका छन् । दीपकराजले अदालतले दिने न्याय तथा पीडितको दुःखलाई नजरअन्दाज गर्न नसकिने पनि बताएका ...