काठमाडौं- पहिलो फिल्म ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको फिल्म निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो फिल्म ‘फ्र्याक्चर’ निर्माण गरेको छ ।
अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो फिल्म पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।
नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस फिल्ममा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले पनि काम गरेका छन् ।
किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो फिल्म निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् । भुसालले यस ...
‘पुजार सार्की’ निर्माताको दोस्रो फिल्म ‘फ्र्याक्चर’ को छायाङ्कन सकियो, हलिउडसँग सहकार्य


