काठमाडौं- चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको छ ।
बुधवार राइजिङ मलमा आयोजित एक कार्यक्रमबीच ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्धलाई देखाइएको छ ।
फिल्ममा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, रेखा थापा, विपना थापा, साउथका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय रहेको छ ।
फिल्ममा हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।
फिल्म कार्तिक ३० देखि ...
ट्रेलरमा ‘ह्रस्व दीर्घ’: नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध


