‘ह्रस्व–दीर्घ’: जापानमा सोल्ड आउट, एक दर्जन शहरमा प्रदर्शन हुँदै

KalakarmiKalakarmiSourceNov 4, 20241 min read
‘ह्रस्व–दीर्घ’: जापानमा सोल्ड आउट, एक दर्जन शहरमा प्रदर्शन हुँदै
काठमाडौं– यही कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने नीता ढुंगाना तथा हरिहर अधिकारीको फिल्म ‘ह्रस्व–दीर्घ’ को विदेशबाट समेत राम्रो माग आइरहेको निर्माण पक्षले जनाएको छ । यसैबीच, यो फिल्म जापानमा सोल्ड आउट भएको छ । जापानका लागि बिटिकेएस इन्टरटेन्मेन्टले यो फिल्मलाई जापानका विभिन्न शहरमा प्रदर्शन गर्ने अधिकार खरिद गरेको छ । जस अनुसार यो फिल्म जापानका टोक्यो, चिबा, कानागावा, फुनाबासी, नरिता, अबिको, नागोया, फुकावका, ओशाका, कोबे, क्योटो, निगाता, शिजुवका तथा ओकिनावा शहरमा प्रदर्शन हुने निश्चित भैसको छ । यसअघि नै ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली तथा हिन्दी भाषामा एकै दिन रिलिज हुने ...