दर्शकमाझ क्रेज बढाउँदै ‘पूर्ण बहादुरको सारङ्गी’, धरधरी रुवाएको प्रतिक्रिया

KalakarmiKalakarmiSourceNov 2, 20241 min read
दर्शकमाझ क्रेज बढाउँदै ‘पूर्ण बहादुरको सारङ्गी’, धरधरी रुवाएको प्रतिक्रिया
काठमाडौं– यो वर्षको तिहारको लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीवारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी प्रशंसा तथा चर्चा पाउन थालेको छ । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आमदर्शक तथा फिल्मकर्मीको चासो बढाउन सफल भएको यो फिल्मको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ । फिल्मले दर्शकहरूलाई गहिरो भावनात्मक प्रभाव पार्दै सिनेमा हलबाट रुँदै निस्कन बाध्य बनाएको छ । प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र फिल्मका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा हलमा पुगेका थिए ...