‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फण्ड पुरस्कार

KalakarmiKalakarmiSourceNov 1, 20241 min read
‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ लाई ६० हजार युरोको ह्युबर्ट बाल्स फण्ड  पुरस्कार
काठमाडौं– निर्माणाधिन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड (HBF±EU) पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत यो फिल्मले ६०,००० युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । जुन ८७ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ । ‘एक मुठ्ठी बादल’ की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौँथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित फिल्म हो ...