काठमाडौं- यम पञ्चक अन्तर्गत लक्ष्मीपूजाको अबसर पारेर नयाँ नेपाली फिल्म ‘सत्यबिर’ निर्माण घोषणा गरिएको छ । गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने यो फिल्म सामाजिक कथामा एक्सन-थ्रीलर जनरामा निर्माण हुनेछ ।
बिहीवार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनिले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ । उनलाई रगतले पोतिएको बञ्चरोसहित आक्रामक लूक्समा प्रस्तुत गरिएको छ भने पृष्ठभुमिमा धरहरासहितको काठमाडौं शहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रील संकेत गर्छ ।
‘सत्यबिर’को निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । ...
क्राइम-थ्रिलर जनरामा ‘सत्यबिर’ बन्ने


