ओटीटीमा हिट भयो ‘बेहुली फ्रम मेघौली’, दुई दिनमै झण्डै आधा करोडको ब्यापार

KalakarmiKalakarmiSourceOct 29, 20241 min read
ओटीटीमा हिट भयो ‘बेहुली फ्रम मेघौली’, दुई दिनमै झण्डै आधा करोडको ब्यापार
काठमाडौं– ब्ल्याकहर्स पिक्चर्स तथा मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले ओटीटीमा समेत उत्कृष्ट व्यवसाय गरेको छ । ओटीटी प्लेटफर्मबाट स्ट्रिमिङ भएको पहिलो ४५ घण्टामै यो फिल्मले ४४ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । साजन काफ्ले तथा आकाश बराल निर्देशित यो फिल्मलाई गत शुक्रवारदेखि एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज गरिएको थियो । फिल्म प्रदर्शन भएको छोटो समयमै वैकल्पिक प्लाटफर्मको रुपमा ओटीटीबाट भएको यो उत्कृष्ट आम्दानी हो । ३० वर्ष उमेर पुगेर पनि विभिन्न कारणले विवाह हुन नसकेकी युवतीको कथामा निर्माण गरिएको यो फिल्म हेर्नका ...