काठमाडौं– अनन्या फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म सोमवारबाट फ्लोरमा गएको छ । अनमोल केसी, जसिता गुरुङ, आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को शुभमुहूर्त सोमवार भएको हो ।
ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा पूजाआजा गर्दै फ्लोरमा गएको फिल्मको प्रमुख कलाकारमा अनमोल केसीसहित भुवन केसी, बिपना थापा, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मालगायत छन् ।
फिल्ममा अनमोलको बुवाको भूमिकामा स्वयं भुवन केसी देखिने छन् भने आमाको भूमिकामा बिपना थापा खेल्ने बताइएको छ ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्म निर्माणमा सरोज न्यौपानेलाई ...
शुभमुहूर्तसँगै फ्लोरमा गयो ‘जेरी अन टप’


