संस्थामा सदस्य नभएका निर्माताले ५० प्रतिशत शेयरको सुविधा नपाउने

eHimalaya TimeseHimalaya TimesSourceOct 22, 20241 min read
संस्थामा सदस्य नभएका निर्माताले ५० प्रतिशत शेयरको सुविधा नपाउने
काठमाडौं । चलचित्र निर्माता संघले संस्थामा सदस्य नभएका निर्माताले हलबाट ५० प्रतिशत शेयरको सुविधा नपाउने निर्णय गरेको छ । कार्यसमिति बैठकको यो निर्णय कार्यान्वयनका लागि प्रदर्शक संस्था चलचित्र संघलाई लेखी पठाउने निर्णय भएको अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । गतवर्ष निश्चल बस्नेतको पहलमा निर्माता संघ र चलचित्र संघबीच ५०/५० प्रतिशत शेयर बाँडफाँटको सहमति भएको हो