कात्तिक १५ गते प्रदर्शन नहुने भयो ‘एक्टर’, अब माघमा आउने

KalakarmiKalakarmiSourceOct 17, 20241 min read
कात्तिक १५ गते प्रदर्शन नहुने भयो ‘एक्टर’, अब माघमा आउने
काठमाडौं– यहि कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भनिएको नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ यो मितिमा प्रदर्शन नहुने भएको छ । अदृत फिल्म्स तथा मोती फिल्म्सले संयुक्त रूपमा निर्माण गरेको यो फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको हो । पूर्व निर्धारित मिति कार्तिक १५ गते सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण उक्त मिति स्थगित गरिएको फिल्मको निर्माण पक्षले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । यसका साथै अब यो फिल्म आगामी माघ १६ गते बुधवारका दिनदेखि प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा ...