उत्सवमय रह्यो निर्देशक समाजको दशैँ–टीका ग्रहण समारोह

KalakarmiKalakarmiSourceOct 16, 20241 min read
उत्सवमय रह्यो निर्देशक समाजको दशैँ–टीका ग्रहण समारोह
काठमाडौं– बडादशैँको अवसर पारेर त्रयोदशीका दिन मंगलवार काठमाडौंमा आयोजित एउटा विशेष समारोहमा लोकप्रिय कलाकारहरुले वरिष्ठ निर्देशक यादव खरेलको हातबाट टीका ग्रहण गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुराँमा आयोजित यो विशेष समारोह कुनै उत्सवभन्दा कम देखिएन । चलचित्र विकास बोर्डका पहिलो अध्यक्ष यादव खरेलदेखि वर्तमान अध्यक्ष दिनेश डिसीसम्मको उपस्थितिले समारोह गरिमामय बनेको देखिन्थ्यो । असहज स्वास्थ्य अवस्थाका बाबजूद निर्देशक समाजको अनुरोधमा फिल्मकर्मीहरुलाई दशैँको टीका–जमरासहित आशीर्वाद दिन समारोह उपस्थित भएका वरिष्ठ निर्देशक खरेलले आफ्नो सम्बोधनको क्रममा सबै फिल्मकर्मीहरुलाई दशैँको शुभकामना त दिए नै, नेपाली फिल्मको विगतका ...