भट्टको ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्विर फिल्म मार्केटमा छनोट

KalakarmiKalakarmiSourceOct 16, 20241 min read
भट्टको ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्विर फिल्म मार्केटमा छनोट
काठमाडौं– लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्विर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टद्वारा निर्देशित यो फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने फिल्म मार्केटमा छनोट भएको हो । यसमा अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् । यस वर्षदेखि फिल्म मार्केट पनि प्रारम्भ गर्न लागेको तस्विर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्मको विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य ...