भारतीय मिडियामा नीताको ‘ह्रस्व–दीर्घ’ को चर्चै–चर्चा

KalakarmiKalakarmiSourceOct 16, 20241 min read
भारतीय मिडियामा नीताको ‘ह्रस्व–दीर्घ’ को चर्चै–चर्चा
काठमाडौं– ठिक एक महिनापछि अर्थात कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व–दीर्घ’ निर्माणको घोषणा भएदेखि नै चर्चामा रहँदै आएको छ । फिल्मको पोस्टर तथा गीतले त यसलाई चर्चाको शिखरमै पुर्याएकै थियो, बडादशैँको फुलपातीका दिन सार्वजनिक भएको यसको टीजरले थप चर्चा पाएको छ । टीजर रिलिज भएपछि यसका बारेमा अनेक टिका–टिप्पणी नभएको होइन । यसैबीच, ‘ह्रस्व–दीर्घ’ को टीजरलाई भारतीय सञ्चार माध्यमहरु, खासगरि यूट्यूब च्यानलका लागि चर्चाका विषय बनेको पाइएको छ । भारतीय यूट्यूब च्यानलहरुमा ‘ह्रस्व–दीर्घ’ बारेमा चासो बढ्नुको कारण फिल्ममा विभिन्न भारतीय कलाकारहरुको अभिनय नै रहेको छ । फिल्मका निर्देशक चन्द्र पन्तले ...