‘वर्ड अफ माउथका कारण ‘ज्वाईँ साब’ को क्रेज बढ्दो छ’: निर्देशक निरौला

KalakarmiKalakarmiSourceOct 14, 20241 min read
‘वर्ड अफ माउथका कारण ‘ज्वाईँ साब’ को क्रेज बढ्दो छ’: निर्देशक निरौला
काठमाडौं– निर्देशक वसन्त निरौलाले बडादशैँको फूलपातिका दिन अर्थात गत असोज २४ गते बिहीवारदेखि प्रदर्शनमा आएको आफ्नो फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको बताएका छन् । सोही दिन प्रदर्शनमा आएका ‘छक्का पञ्जा–५’ तथा ‘१२ गाउँ’ को तुलनामा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्देशक निरौलाको भनाइ छ । निर्देशक निरौलाले फिल्म प्रदर्शनको दिन आफ्नो फिल्मको अकुपेन्सी कम भए पनि सोमवारसम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रुपमा बढेको बताए । ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी ...