काठमाडौं- हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो फाइल मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् ।
अधिकारीले यसअघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन् ।
आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्मले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा निर्माता अधिकारी विश्वस्त छन् ।
गत साता फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको थियो ...
‘फिरफिरे फिरिरी’ को पोस्टर सार्वजनिक


