काठमाडौं- असोज १७ गते अर्थात् गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको थियो । शुक्रबार पनि राम्रो व्यापार गरेको फिल्मले भने शनिबार देशभरका फिल्म हलमा आक्रामक व्यापार गरेको छ ।
दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथको फाइदा फिल्मलाई मिलिरहेको छ । फिल्मले आज शनिबार बिहानी शोबाट नै हाउसफूल व्यापारको सुरुवात गरेपछि फिल्मको निर्माण टिम कलाकार सहित विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
आफ्नै अगाडी फिल्मका कलाकारहरु देख्दा सिनेमा हेर्न हलमा पुगेका विशेषगरी महिला दर्शकले फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्कालाई आफ्नै कथा उठाएकोमा धन्यवाद ...
‘बेहुली फ्रम मेघौली’ लाई दर्शकको अपार माया


